मतदानको तयारी पूरा

काठमाडौं । भोली हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत मतदानको लागि तयारी पूरा भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान स्थलमा गर्नुपर्ने व्यवस्थापकीय कामहरुमध्ये सानातिनाबाहेक सबै काम पूरा भइसकेको हो ।

आयोगले निर्वाचनका लागि मुलुकभर मतदानस्थल र मतदान केन्द्र निर्माणको काम भइरहेको बताएको छ । मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगेसँगै मतदानस्थल र मतदान केन्द्र निर्माणलाई तीब्रता दिइएको आयोगले जनाएको हो ।

आयोगका अनुसार मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । अपांगता भएका व्यक्ति तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदातालाई सहज हुने गरी मतदान केन्द्र निर्माण गरिएको आयोगले जनाएको छ ।

देशभर १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।