मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

लुम्बिनी एनपीएलको शीर्ष स्थानमा

१ मिनेट पढाइ

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । उता पोखराको भने यो लगातार तेस्रो हार हो र अंकविहिन हुँदै पूछारमा छ । यस सिजन अहिलेसम्म पोखराले मात्र कुनै पनि खेल जित्न सकेको छैन ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।