मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

गुराँस ८ को पोखराचौरमा क्रिकेट प्रतियोगिता

१ मिनेट पढाइ
०साझा

kuse inside

दैलेख । ‎गुराँस गाउँपालिकामा आयोजनामा भएको प्रथम गुराँस खेलकुद महोत्सव- २०८३ अन्तर्गत तेस्रो इभेन्टस् पालिकास्तरीय क्रिकेट प्रतियोगिता शुरू भएको छ ।

Dailekhi urja

गुराँस गाउँपालिका सरकारअन्तर्गत स्थानीय खेलकुद विकास समितिले क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।

गुराँस, ८ स्थित निर्माणाधीन पोखराचौर खेलकुद मैदानमा प्रतियोगिता उद्घाटन भएको छ । लिग चरणमा सञ्चालन हुने प्रतियोगितामा १४ वटा क्रिकेट टीमको सहभागिता छ ।

गुराँस गाउँपालिका, ८ नम्बर वडाका अध्यक्ष दीपेन्द्र ओलीको अध्यक्षतामा भएको उद्घाटन समारोह गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष शिवाकुमारी खड्काको विशेष आतिथ्यता, ३ नम्बर वडा अध्यक्ष काँशिराम शर्मा, महोत्सव संयोजक बमबहादुर शाही, महेश खत्री, विष्णु बस्नेतसहित वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, खेलप्रेमी र सरोकारवालाहरूको उपस्थिति थियो ।

nepalgunj