
दैलेख । दैलेखमा हँसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
प्रहरीकाअनुसार छिमेकीको हँसिया प्रहारबाट ठाटिकाँध गाउँपालिका, ४ धनकोट बस्ने चन्द्र बहादुर पुनको श्रीमती बर्ष ४५ कि बिमा मगर मृत्यु भएको हो ।
आज बिहान ५ बजे स्थानीय अन्दाजी ३७ बर्षको बम बहादुर रावतले चन्द्र बहादुर पुन मगरको घरमा गई घरेलु हतियार (हंसिया) प्रहार गरेको प्रहरीको भनाइ छ ।
हसिया प्रहारबाट चन्द्र बहादुर पुनको भाई बुहारी बर्ष २५ कि महेसरा पुन, छोरी बर्ष २० कि लक्ष्मी पुन छोरी बर्ष २३ कि तिला पुन मगर र ३ महिना कि छोरी जानकी पुन घाइते भएका छ्न् ।
उनीहरुको स्थानीय लकान्द्र स्वास्थ चौकिमा उपचार भैरहेको छ । उनी हरुको अवस्था मध्यम रहेको छ । बम बहादुर बस्नेत लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




