मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा कर्णाली प्रदेश अस्पताल देशकै उत्कृष्ट

२ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । कर्णाली प्रदेशको प्रादेशिक अस्पताल कालागाँउ सुर्खेत न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा देशकै प्रादेशिक अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ ।

Dailekhi urja

मिक्स साइमन इन्चिच्यूटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले प्रत्येक ६ महिनामा गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मुल्याङ्कनले यस्तो देखाएको हो ।

मुल्याङ्कनको क्रममा नेपालभरीका सेकेण्डरी लेबल वी ग्रेडका अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सापोट सर्भिस, व्यावस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो त्यसमा कर्णाली प्रदेशको प्रादेशिक अस्पताल यो पटक गरी दुई पटक नेपालको सबैभन्दा उत्कृष्ट अस्पतालको रुपमा अंक प्राप्त गरेको मिक्स साइमन इन्चिच्यूट कर्णाली प्रदेशका संयोजक जनार्दन पाठकले बताउनुभयो ।

१८ महिना अघि मात्रै मिक्स साइमन इन्चिच्यूटको सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको मुल्याङ्कनमा ६१ प्रतिशत अंक प्राप्त गरेर नेपालको सेकेण्डरी लेवल बी ग्रेडका अस्पतालहरुमा देशभरमा प्रथम भएको कर्णाली प्रादेशिक अस्पताललाई उछिन्दै त्यो भन्दा पछि लुम्बिनि प्रदेशको लुम्बिनि प्रादेशिक अस्पताल प्रथम भएको थियो ।

६ महिनाको अन्तरमा गरिने मुल्याङ्कका क्रममा २०७८ असोज पछिको मुल्याङ्कनमा पुन कर्णाली प्रदेशको प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्डमा गर्ने प्राप्त अंक माथि लिदै ७९ प्रतिशत लिएर अहिले नेपालको सबैभन्दा उत्कृष्ट अस्पताल बन्न सफल भएको मुल्याङ्कन समितिका संयोजक समेत रहेका डा. सर्भेश शर्माले बताउनुभयो ।

कर्णाली प्रदेश अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि निकै सुन्दर हुदै गएको भन्दै मुल्याङ्कन समितिका संयोजक समेत रहेका डाक्टर शर्माले अस्पताल परिवार, अस्पतालको व्यावस्थापन पक्ष र अस्पतालमा कार्यरत कर्मचारी, अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्कालाई स्वास्थ्य मन्त्रालयको तर्फबाट धन्यावाद दिनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले कर्णाली प्रादेशिक अस्पतालको सुधारिदो अबस्था देखेर विभागिय मन्त्री भएकोले आफुलाई खुसि लागेको बताउनुभयो । अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत अस्पतालका कार्यालय सहयोगी देखि सम्पूर्ण कर्मचारीहरुको ठुलो भुमिका रहको भन्दै अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काले सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

देशकै सबैभन्दा उत्कृष्ट अस्पताल हुन गएकोमा कर्णाली प्रादेशिक अस्पताल कर्णाली बासीका लागी गौरबको विषय भएको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताउनुभयो ।

कर्णाली प्रदेश अस्पतालले ७९ प्रतिशत ल्याएर नेपालकै सबैभन्दा उत्कृष्ट हुनु भनेको कर्णालीमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण कर्णाली प्रदेश अस्पतालले एक उदाहरण दिएको भन्दै उहाँले अब बाकि रहेको ३१ प्रतिशत काम पनि पुरा हुनेमा उहाँले विश्वास व्याक्त गर्नुभयो ।

nepalgunj