मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

रुकुम पश्चिमको बाँफीकोटमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

४ जना घाइते

१ मिनेट पढाइ
०साझा

kuse inside

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।


झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताउनुभयो।

Dailekhi urja

दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो।

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला नेताले यसअघि सयुंक्त अपिल निकालेर संयमित हुन आग्रह गरेका थिए।

nepalgunj