मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सल्यानको घुईयाबारीबाट बाघ नियन्त्रणमा

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । सल्यानको कालिमाटीमा रहेको घुईयाबारीबाट बाघलाई नियन्त्रणमा लिईएको छ । प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

Dailekhi urja

आज बिहान करिब ६ बजेको समयमा सल्यान कालिमाटी गाउँपालिका(७ बाटुले बस्ने तुल्सी कुमारी घर्तीको घरबाट अन्दाजी १ सय ५० मिटर पश्चिममा रहेको गोठमा बाधेको २ गोरुलाई मारेको र एक गोरु पाटेबाघले घाईते बनाएको भन्ने प्रहरी चौकी घुईयाबारी सल्यानमा स्थानियले खबर गरेपछि नेपाल प्रहरी, नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जको सयुक्त टोलीले गोठबाट करिब २०० मिटर पश्चिममा रहेको बाँसघारीमा पाटेबाघ आराम गरिरहेको अवस्थामा ढाडमा मेसिनको प्रयोगबाट औषधी छर्केर बाघलाई बेहोस बनाई आज बिहान ११ बजेको समयमा नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्ज पठाईएको प्रहरी चौकी घुईयाबारीले जनाएको छ ।

साथै सुर्खेतको गेरावानि घाँस काट्न गएका दुई जनालाई मार्ने बाघ पनि यहि हुनसक्ने अनुमान गरिएको छ ।

nepalgunj