डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन् । शुक्रबार राति सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको पत्ता लागेको हो ।
६ जनामध्ये चार जना चोरी र जबरजस्ती करणी मुद्दाका कैदी र दुई जना थुनुवा फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरूलाई राखिएको कोठाभित्रबाट बाहिरसम्म करिब चार मिटर लामो सुरुङ खनिएको पाइएको छ ।