
काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ ।
सुनको भाउ आज तोलामा तिन सय रुपैयाँले घटेको छ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, चाँदी तोलाको एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको एक लाख १२ हजार सात सयमा र चाँदी तोलाको एक हजार चार सय ४५ रुपैयाँमा काराबार भएको थियो ।




खबर बजार । २० भाद्र २०८०, बुधबार १२:००