

काठमाडौं । नेकपा (एमाले) सँग आवद्ध जनसंगठनहरुको संयुक्त बैठकले स्थानीय तहको निर्वाचन बैशाखभित्रै सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
जनसंगठन समन्वय समितिका अध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले २०७९ बैशाखमा नै निर्वाचन समपन्न गर्नेगरि सरकारले मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
संविधानले गाउँ नगरपालिका पदाधिकारी चयनका लागि प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित भएको मितिले ५ वर्षमा पदमुक्र हुने व्यवस्था गरेको स्मरण गराउँदै एमालेले ५ वर्ष पूरा हुनुअगाडि नै पदपूर्ति गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
निर्वाचन नगर्ने नियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाँझिएको भनेर भूमपूर्ण प्रचार भइरहेको पनि बैठकपछि अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

खबर बजार । १५ माघ २०७८, शनिबार १५:३४