आज घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।