

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरू भएको छ । आलोकनगरस्थित पार्टी कार्यालयमा जारी बैठकमा ७ एजेन्डामा छलफल हुने बताइएको छ ।
वर्तमान राष्ट्रिय परिस्थिति, संगठन सुदृणिकारणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक विचारका सवाल, संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना संगठनात्मक अभियान र महाधिवेशनबारे र नेतृत्वलाई सुझाव दिने कार्यसूची तय भएको छ ।
बैठकले आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने महासचिव घनश्याम भुसालले बताउनु भयो । पार्टी महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।

खबर बजार । ३ भाद्र २०८०, आईतवार १२:४९