अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाम । अछामको मेल्लेख गाउँपालिकाको ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनु भयो ।

षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।