

काठमाण्डौ । सुनचाँदीको भाउ आजपनि बढेको छ ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय ८५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो चाँदी तालामा एक हजार चार सय ६५ रुपैयाँमा कारोवार भएको थियो ।

खबर बजार । १३ भाद्र २०८०, बुधबार १२:२९