ओली र नेपालसँग चिनियाँ नेताको भिडियो संवाद

काठमाडौं । नेपाली राजनीति तरङ्गित भइरहेको बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुले नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरेका छन् ।

सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एसका अध्यक्ष नेपालसँग भिडियो संवाद गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे चर्को बहस भइरहेका बेला संवादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।

सीपीसीका नेताहरुले नेपाली जनताले आफ्नो विकासको बाटो आफैं तय गर्ने कुरामा चीनको सधैं साथ रहने बताएका छन् ।