नेपाल ए ले पायाे २८५ रनको लक्ष्य

काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो ।

आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हानेका उनी रिजन ढकालको बलमा आउट भए ।

आयरल्यान्ड ए का लागि स्टेफन डोहेनीले १०७ रनको शतकीय इनिङ खेल्दा, जेम्श म्याकुलम ९ , पिटर मुर ४४ , केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २०, बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रन बनाए ।

नेपाल ए का लागि डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर रञ्जित कुमारले ३ विकेट लिए । भने, रिजन ढकालले ३ विकेट, विकाश आग्री र साहब आलमले १/१ विकेट लिए ।