भोलि ईदको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलिको लागि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

ईद इस्लामिक धर्मावलम्बीहरुले मनाउने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसंगै मनाइन्छ । ईद उल–फित्र रमजानको रोजा समाप्त गर्ने पर्व हो ।