१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक

सुर्खेत । आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गर्नुभएको हो ।

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;’wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

त्यस्तै बजेट स्रोतका रूपमा राजस्व १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने लक्ष्य सरकारले लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउनेछ भने ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ ।

त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताउनुभयो । सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पतालमा मेडिकल कलेजका रुपमा स्थापना गरिनेभएको छ ।

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा उक्त योजना समेटिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको हो । सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्यन गरिने बताउनुभयो ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई दिइदै आएको बृद्ध भत्ता अब ६८ वर्षमै पाइने भएको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले पनि वृद्ध भत्ता पाउनेछन् ।

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा उक्त योजना समेटिएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको हो । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने घोषणा गरेको छ । आ.व २०७९÷८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिनुभएको हो ।

उहाँले बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको बताउनुभयो । सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।