एसीसी प्रिमियर कपः नेपाल र हङकङबीचको खेलको टस वर्षाको कारण प्रभाजित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेलको टस वर्षाको कारण प्रभाजित भएको छ ।

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका छ । तर, हाल खेल हुने मैदानमा हल्का वर्षा भइरहेको छ । पिच कभरले ढाकिएकोछ ।

पानी रोकिएपछि मात्रै टसको समय निर्धारणत हुनेछ । टस नियमित समय अनुसार ११ः १५ मा हुनुपर्ने हो ।

दुवै टोलीका खेलाडी भने मैदानमा आई पुगिसकेका छन् । ओमानमा उच्च गर्मी हुँदा वर्षा रोकिएको केही समयपछि नै खेल खेल्न सुरु हुनेछ ।

नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।