घट्यो सुनको भाउ, चाँदी स्थिर

काठमाण्डौ । सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने स्थिर । चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।