सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी

काठमाण्डौं । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी हनु भएको छ ।

सुरूदेखि नै अग्रता कायम राख्नु भएका सिंहले १४ हजार ३२२ मत पाउनु भएको छ । उहांलाई पछ्याइरहनु भएका जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहनु भएको छ ।

यहाँ कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि हुनुहुन्छ । उहांको जित्ने निश्चित भएको छ ।

पराजित हुने अवस्थामा पुग्नु भएका साह मधेश प्रदेशका अर्थमन्त्री हुनुहुन्छ । उहां यही क्षेत्रबाट ०७४ मा विजयी हुनुभएको थियो ।