सुर्खेत । चिङ्गाड गाउपालिकाको आयोजनामा सामुदायिक स्वास्थ्य इकाइ ढाडखेतमा जेठ २१ गते सोमबार एक दिने निशुल्क जनरल विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिङ्गाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर जीवन पौडेलको संयोजकत्वमा संचालित शिविरमा वरिष्ठ चिकित्सक जनरल फिजिसियन डाक्टर हरि तिमल्सिना सहित स्वास्थ्यकर्मीहरु टोपबहादुर खाण ,देव बहादुर नेपाली ,राम बहादुर राना ,प्रकाश जि सि ,कर्ण बहादुर चन्द ,लक्ष्मी जिसि , लोक बहादुर रानाले सेवा दिनुभएको हो ।
शिविरमा मुख्य रुपले महिलाको प्रजनन स्वास्थ्य ,दीर्घरोग दम ,उच्चरक्तचाप ,वाथरोग ,पिसाब सङ्क्रमण सम्बन्धी रोगहरुको चेकजाँच गरिएको थयाे । शिविरमा महिला २४०जना र पुरुष ७० जना गरि जम्मा ३१० जना बिरामीहरुले सेवा लिएका छन् । शिविरमा स्वास्थ्य परिक्षण गराउन पाउँदा निकै खुशी भएकाे सेवाग्राहीहरुले बताएका छन् ।
खबर बजार । २१ जेष्ठ २०८१, सोमबार १९:०३