चिङ्गाडमा द्वन्द्वपीडित महिलाहरुको लागि सशक्तीकरण कार्यशाला सम्पन्न


सुर्खेत । चिङ्गाड गाउँपालिकामा द्वन्द्वपीडित महिलाहरुको लागि लैङ्गिक तथा आर्थिक सशक्तीकरण सम्बन्धी कार्यशाला संचालन गरिएको छ ।
परिवार केन्द्रित रहेको उक्त तालिम १० दिन सम्म संचालन भएको थियो । खलर्ट इन्टरनेश्नल र चिङ्गाड गाउपालिकाको आर्थिक सहयोग तथा सहकर्मी समाजको सहजीकरणमा जेठ २४ गते देखि संचालनमा आएको थियो ।
चिङ्गाडका १६ द्वन्द्वपिडित परिवार का ४८ जनालाई तालीम प्रदान गरिएको थियो । द्वन्द्वपिडितको घाउमा थोरै भएपनी मलम लगाउन सकेको उल्ल्ेख गर्दै चिङ्गाड गाउँपालिका अध्यक्ष बोध बिक्रम जिसि खुशी वयक्त गर्नुभयो ।
द्वन्द्व पिडितको सवालमा चिङ्गाड गाउपालिकाले कार्यविधी बनाएर काम गरिरहेको बताउनु भयो । यो तालीमले तालिममा सहभागी भएका सदस्यहरुले परिवार र समाजमा मेलमिलापको वातावरण सिर्जना गर्ने र व्यवसायिक योजना बनाउनमा एकदमै महत्वपुर्ण भुमिका खेल्ने बताउनु उहाँले बताउनु भयो । साथै सहकर्मी समाज चिङ्गाडका अध्यक्ष कर्ण थापाले द्वन्द्वपिडित हरुले छिटो न्याय पाउनु पर्ने बताउनु भयो द्वन्द्व पिडितको पक्षमा आफू र आफ्नो सस्था सदैव अग्र मोर्चा मा उभिने उहाँले बताउनु भयो । उक्त तालिममा सहभागी हुन पाएकोमा द्वन्द्वपिडित परिवार हरु एकदमै खुशी व्यक्त गरेका । हामी द्वन्द्व पीडितको कुरा राज्यले चाडै सुन्नु पर्ने तालिमका सहभागीलेको भनाई थियो । तालिमको प्रशिक्षकमा न्यायमा पहुँच सवलिकरणकी संचालिका दिपा राना र चिङ्गाड गाउपालिका उधम विकास सहजकर्ता करिना खडका रहनु भएको थियो । समापन कार्यक्रममा अतिथिहरु चिङ्गाड संजालका सदस्य सम्मर वि क चिङ्गाड गाउँपालिकामा कार्यरत आलेप दिपा ओलि देबेन्द्र राना लगायतको उपस्तिथि रहेको थियो ।