

सुर्खेत । कर्णाली का ७ स्थानीय तह का १७ वडा मा अल्लो फाईबर प्रसोधन तथा कपडा उत्पादन परियोजना सुरु भयको छ सरोकारवाला सँग छलफल र समन्वय सहित परियोजनाको सुरुवात गरिएको छ ।
अमेरिकी सहयोग निकाय USAID Biodiversity (Jal Jangal ) परियोजना को आर्थिक सहयोगमा देउती होजीयारी उद्योग एण्ड ट्रेडिङ्ग सेन्टर प्रा ली ले उक्त कार्यक्रम संचालन गर्ने लागेको हो ।
विगत एक दशक देखि कर्णाली प्रदेश को राजधानी सुर्खेतमा कपडा जन्य सामाग्री को उत्पादन गर्दै आई रहेको होजीयारी ले स्थानीय स्तरमा उत्पादित कच्चापदार्थको प्रयोग गरि स्थानीय स्तरमै रोजगारी को सिर्जना गर्दै आईरहेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ,जाजरकोट को जुनिचाँदे गाँउपालिका सहित दैलेखको गुराँस , नौमुले, महावु, भगवतीमाई गाँउपालिका र नारायण नगरपालिकाका सरोकारवाला निकाय सँग छलफल तथा समन्वयात्मक कार्यक्रम गरेर परियोजनाको सुरुवात गरिएकाे छ ।
छलफल तथा समन्वयात्मक कार्यक्रममा सम्बन्धि वडाका जनप्रतिनिधि , कार्यपालिका सदस्य , गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष ,उद्यम वीकास सहजकर्ता , रोजगार संयोजक , वन उपभोक्त समितिका सदस्यहरुको उपस्थित रहेको थियो ।
कर्णालीमा प्रशस्त मात्रमा उत्पादन भएर पनि सदुपयोग नभएको अल्लो उत्पादन र त्यसको प्रयोग बाट विभिन्न कपडा जन्य सामाग्रीको उत्पादन गरि दिर्घकालिन रुपमा स्थानीय लाई रोजगार दिनु , अल्लो उत्पादन वातावरण मैत्रि गराउनु नै परियोजना को उदेश्यका साथ परियोजनाको सुरुवात गरिएकाे प्रा लिका अध्यक्ष सुजाता पाण्डेयले बताउनु भयो ।
साउन ५ गते जुनिचाँदे गाँउपालिका बाट सुरुवात भयको समन्वयात्मक कार्यक्रम १० गते भगवतीमाई गाँउपालिकामा समाप्त गरिएको छ ।

खबर बजार । १३ श्रावण २०८१, आईतवार २१:५०