

काठमाण्डौ । चर्चित बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ । रिंगमा बिग जर्ज भनेर चिनिने अमेरिकी बक्सिङ खेलाडी जर्जको निधनबारे उनको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
जर्जले १९६८ मा १९ वर्षको उमेरमा ओलम्पिक स्वर्ण र २१ वर्षको अन्तरमा दुई पटक विश्व हेवीवेट उपाधि जितेका छन् । उनले आफ्नो जीवनकालमा पाँच पटक मात्र हारेका छन् । जर्जको जन्म सन् १९४९ जनवरी १० मा टेक्सासको मार्शलमा भएको थियो ।

खबर बजार । ८ चैत्र २०८१, शनिबार १७:११