सुकुम्बासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको आदेश 

काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश जारी गरेको छ ।

कानुनका विद्यार्थी माजिद अन्सारीले सुकुम्बासी बस्तीमा डोजर रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले भत्काइसकेको ठाउँहरूको हकमा भने तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने बताएको छ ।