आजकै संसद बैठकमा एमसीसी पेश हुने

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सरकारले आज बस्ने प्रतिनिधि सभाको बैठकमै पेश गर्ने भएको छ ।

सत्ता गठबन्धनमा एमसीसी पेस गर्ने सहमति भएसँगै आजकै बैठकमा एमसीसी पेस गर्ने तयारी भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

संसद् बैठक दिउँसो १ बजे बस्दैछ । सबैलाई संसद भवनतिर जान आग्रह गर्दै मन्त्री कार्कीले एमसीसी सार्वभौम संसदमा टेबुल हुने र त्यसपछि गहनरुपमा छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभयो ।