
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ तल्लोबजारस्थित एक घरबाट ठूलो परिमाणमा सुन र नगद बरामद भएको छ ।

प्रारम्भिक जानकारीअनुसार श्याम सुन्दर अग्रवालको घरबाट सुन ३ किलो र ७ लाख भारतीय रुपैयाँ नगद बरामद गरिएको हो ।
बरामद गरिएको सुन र नगद चार वटा बोरामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताइएको छ । घटनापछि प्रहरीको टोलीले अनुसन्धान अघि बढाएको छ ।
सुन र नगदको स्रोत तथा त्यससँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




खबर बजार । १८ जेष्ठ २०८३, सोमबार १९:३३