

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ ।
घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।
दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको उहाँको भनाइ छ । मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते हुनुभएको छ ।

खबर बजार । २२ बैशाख २०७९, बिहीबार ०८:४४