रुकुम पश्चिममा जीप अनियन्त्रित भइ भेरी नदीमा खस्दा चालक र सहचालकको मृत्यु

सुर्खेत । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।


राडीबाट रिम्नाका लागि छुटेको ग १ ज १८९७ नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा चालक र सहचालक मात्र थिए । जीप अनियन्त्रित भइ भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।