सबै प्रदेशमा मौसम बदली, भोली र पर्सीको मौसम कस्तो ?

काठमाण्डाैँ । देशका धेरै ठाउँको मौसम बद्ली भई शुक्रबार दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुनेछ ।

यस्तै, शुक्रबार राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

शनिवार पनि देशका धेरै ठाउँको मौसम बद्ली हुनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

आइतबार पनि देशका केही ठाउँमा वर्षा र हिमपातको अनुमान गरिएको छ ।