काठमाडौं । मौसमी प्रणालीमा आएको खराबी तत्कालको लागि सुधार भए पनि तीन/चार दिनपछि फेरि मौसम बदली हुने भएको छ ।
केहिदिन देखि चट्याङसहित वर्षा र हिमपात भई आज आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार भएकोमा आउँदो बुधबार वा बिहिवार देखि पुन: अर्को मौसमी प्रणाली विकसित हुने भएको हो ।
दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविद्हरूले बताएका छन् ।
विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित बनेको मौसम आज आइतबारदेखि क्रमिक सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ ।
खबर बजार । २३ माघ २०७८, आईतवार १३:५०