
सुर्खेत । भर्खरै मात्र सुरुवा भएर कर्णाली आएका नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक (डिआइजी) पोषराज पोखरेलले कर्णालीका नाममा लुम्बिनीबाट सञ्चालन हुँदै आएका प्रहरी संरचना कर्णालीमा सार्नकै लागि आएको उद्घोष गरेका छन् ।

बुधबार प्रदेश प्रहरी कार्यालय सुर्खेतमा आयोजित प्रत्रकार परिचयात्मक कार्यक्रममा डिआइजी पोखरेलले एक हजार जनशक्त्री सहित संरचना सार्ने जनाएका हुन् ।
कार्यक्रममा बोल्दै डिआइजी पोखरेलले कर्णालीका नागरिकले सुरक्षाको पत्याभुति गर्ने गरी काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
कर्णालीमा रहेर क्रियासिल पत्रकारिता गरिरहेका करिव ३५ जना पत्रकारहरुको सहभागितमा सम्पन्न कार्यक्रममा पत्रकारहरुले प्रहरीको कार्यशैली प्रति नागरिक असन्तुष्ट रहेको गुनासो गरेका थिए ।
डिआइजी पोखरेल समक्ष मुख्य गरी पत्रकारहरुले ट्राफिक प्रहरीको आचरण माथी प्रश्न उठाएका थिए । पत्रकारका गुनासा सम्वोधन गर्दै पोखरेलले मातहतका प्रहरी कार्यालयहरुसँग समन्वय गरी यथासिघ्र गुनासा सम्वोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।




खबर बजार । ३० असार २०७९, बिहीबार १३:४१