प्रेम परियार बचाऔ अभियानमा सहयोग गर्न सि डि सि नेपाल सुर्खेतको अनुरोध

सुर्खेत । भेरीगंगा ४ निवासी प्रेम परिवार बचाउ अभियान मा सहयोग गर्न सि डि सि नेपाल सबैमा अनुरोध गरेको छ । गरीबीका कारण आर्थिक अबस्था कमजोर भएकाले परिवार जनले क्यान्सर रोग पीडित प्रेम परिवारलाई सहयोगको लागि सबैमा अनुरोध गरेका छन्।


दुई बर्ष देखि क्यान्सर रोगसँग लडिरहेका सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाउनचौरका २८ बर्षिय क्यान्सर पीडित प्रेम परियार आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकाले परियार बचाउने अभियानमा सि डि सी नेपालले सहयोगको अपेक्षा गरेको छ।

करिब ४ बर्ष देखि पेटको क्यान्सर भएको र घरको आर्थिक अबस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनुहुने सम्पूर्ण माझ सहयोगको अपिल गरिएको सिडिसी नेपालका अध्यक्ष मान बहादुर बस्याल ले जानकारी दिनुभयो ।