सुर्खेत । समपुरक अनुदानबाट निर्माण हुन लागेको बराहताल वडा नं. ८ देखि वडा नं. ४ मा पर्ने हुड्के-केउरेनी-साजघाट-कुटा सडक खण्डको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले अवलोकन गर्नुभएको छ ।
सोमबार चेपाङलाई तरंगासँग जोड्ने उद्देश्यका साथ स्तरोन्ती हुन लागेको करिव २० किलोमिटर सडकको मन्त्री विष्टले स्थलगत अनुगमन गर्नुभएको
हो । टेण्डर पक्रियमा जान लागेको उक्त सडकको प्रारम्भिक लागत अनुमानका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इञ्जिनियरसहितको टोलीले अनुगमन गरेको हो।
बहु वर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको उक्त सडक चार वर्षअघि टेण्डर पक्रियामा गएको थियो । तर, कोरोना महामारीका कारण टेण्डर पक्रिया रोकिन पुगेको थियो ।
प्राविधिक रिपोर्ट आएपछि मात्रै लागत रकम यकिन हुने उल्लेख गर्दै मन्त्री विष्टले भन्नुभयो । ‘आज हामीले प्राविधिकसहितको टोलीले स्थलगत अनुगमन गरेका छौं, लागत रकम एकिन भएपछि यहि महिनाको अन्यसम्म वा भदौंको पहिलो हप्ता टेण्डर आह्वान गर्ने गरी लागेका छौं ।’
खबर बजार । १७ श्रावण २०७९, मंगलवार ०९:३५