अख्तियारमा सबैभन्दा बढि उजुरी सुर्खेतका

सुर्खेत । अख्तियार दुरुपयोग अनुसान्धान आयोगले गत आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेशका दश जिल्ला मध्ये सबैभन्दा बढि उजुरी सुर्खेतका परेको जनाएको छ ।

कर्णाली प्रदेशमा पछिल्लो समय अनियमितताका उजुरीमा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालय को तथ्यांक अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट गत आर्थिक वर्ष २०७८÷७९ मा ६३ दशमलव ४८ प्रतिशत अर्थात दोब्बर बढीले वृद्धि भएको पाइएको हो ।

अनियमितताका उजुरीसम्बन्धी तथ्यांकमा १४ सय ३२ उजुरी परेकोमा हाल सम्म ९ सय ९ उजुरी फस्र्यौट भएका छन् । भने गत वर्ष र यो चालु आर्थिक वर्षको गरी ५ सय २३ उजुरी फस्र्यौट हुन बाकी रहेको कार्यालयका प्रमुख भोला दाहालको भनाई छ ।

सुर्खेतबाट २ सय ९३ परेका छन् ।
दैलेखमा २ सय ४०, मुगुमा १ सय ५०, कालिकोटमा १ सय ४५, हुम्लामा १ सय ४३, जाजरकोटमा १ सय ३६, जुम्लामा ९६ वटा उजुरी परेका छन् ।

यस्तै, सल्यानमा ९४, रुकुम पश्चिममा ७५, डोल्पामा ५५ वटा उजुरी परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ९४ वटा उजुरी परेका छन् ।