

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ कर्णाली प्रदेश समितिले चन्द्रप्रकाश बरालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख माेहनमाया ढकालकाे प्रमुख आतिथ्यतामम सम्पन्न कार्यक्रमले समितिकाे उपाध्यक्षमा मुनबहादुर बुढा, सचिवमा बिष्णु पाैड्याल, उपसचिव (खुल्ला) मा दिनेश घर्ती, उपसचिव (महिला) मा सीता डाङ्गि, काेषाध्यक्षमा भिमाकुमारी थापा, सहकाेषाध्यक्षमा सम्झना के.सीलाई चयन गरेको छ ।
कार्यसमितिको सदस्यहरुमा रिमप्रकाश घर्ती, विन्दु पाैडेल, नवराज पाैडेल, अन्जु चाैधरी, निशा कडेल र नम्रता चपाई चयन भएका छन् ।

खबर बजार । ९ भाद्र २०७९, बिहीबार २२:०६