ठेकेदार को लापरबाहीले मैनतडा स्वास्थ्य चौकिको भबन निर्माण कार्य अलपत्र

सुर्खेत । पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ मैनतडा स्थित मैनतडा स्वास्थ्य चौकीको लागी निर्माण हुन लागेको भवन अलपत्र परेको छ । भेरिगंगा नगरपालिका र केन्द्र सरकारको सयुक्त लगानिमा निर्माण हुन लागेको स्वास्थ चौकिको भबन निर्माण अबधी सकिदा सम्म पनि झन्डै आधा मात्र काम भएको छ ।आर्थिक बर्ष ७९र८० को असारमा सकिने गरि एक बर्षको लागि सम्झौता भएको उक्त स्वास्थ चौकी भनब निर्माणको समय अबधी यहि असारमा सकिएको छ। भेरिगंगा नगरपालिका र केन्द्र सरकारको सयुक्त लगानिमा निर्माण हुन लागेको हुन लागेको स्वास्थ्य चौकी रु एक लाख चौतिस हजार सम्झौता भई काम अगाडी बढेको थियो। उक्त काम हेम कर्ण थापा को कम्पनीले निर्माणको जिम्मा लिएको थियो।


यस बिषयमा भेरिगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामिले आफू निर्बाचित भएको करिब एक महिना सम्म ठेकेदारले काम गरेको र असारको पहिलो हप्ता तिर भबनको लागी झ्याल ढोका लिन जान्छु भनेको सम्म आफू जानकार रहेको जानकारी दिनु भयो । त्यसपछि एक दुई पटक आफू सङ्ग कुरा हुदा झ्याल ढोका लिएर छिट्टै फर्किन्छु भनेका ठेकेदार अहिले सम्म पनि नफर्केको उहाले जानकारी दिनु भयो। साथै उक्त ठेकेदार सङ्ग बारम्बार कुरा गर्ने कोसिस गरेपनी सफल नभएको उहाले जानकारी दिनु भयो । स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको भबन निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदार लाई हदै सम्मको कारबाही गर्नु पर्ने र प्रक्रिया पुरयायर ठेकेदार लाई कारबाही गर्नु पर्नेमा समेत उहाले जोड दिनु भयो।

झ्याल ढोका किन्ने पैसाको अभाबका कारण तत्काल काममा आउन नसकेको जानकारी नगरपालिकामा गराएको न्यु बिशाल कन्स्ट्रक्सनले स्वास्थ्य चौकी निर्माण ठेक्काको म्याद थपको लागि भने पालिकामा निबेदन दिएको समेत नगरपालिका श्रोतले जानकारी दिएको छ। साथै ढिलाई हुनुको बास्तबिक कारण बुझी थप प्रक्रिया अगाडी बढाउने समेत श्रोतले जानकारी दिएको छ।