

सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन् । यातायात कार्यालय सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरक बहादुर शाही घुस रकमसहित पक्राउ परेका हुन ।
सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, स्थित यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस रकम तीन हजार रकम सहित पक्राउ परेका हुन । घुस(रिसवत) माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुसररिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित दुबै जनालाई यातायात व्यवस्था कार्यालय, सुर्खेतको परिसरबाट शुक्रबार दिउँसो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

खबर बजार । ११ भाद्र २०७९, शनिबार ०८:१९