मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

फ्रान्सकाे ११० किमि अल्ट्रा म्याराथनमा जुम्लाकी सुनमाया

१ मिनेट पढाइ
०साझा

kuse inside

फ्रान्समा भएको एक सय किलोमिटर लामो अल्ट्रा म्याराथनमा सुनमाया बुढा दोस्रो भएकी छन्। प्रतिष्ठित अल्ट्रा ट्रेल दु मोन्ट ब्लांक ९यूटीएमबी० मा उनी फ्रान्सेली धाविका ब्लेन्डिन हिरन्डेलसँग केही मिनेटले मात्र पछि परेकी थिइन्।


सुनमायाले ११ घण्टा ४५ मिनेटमा सो दुरी पार गरेकी थिइन्।दौडमा अमेरिकाकी एबी हल तेस्रो भइन्।

Dailekhi urja

जुम्लाकी सुनमायाले यसअघि थाइल्यान्ड बाई युटीएमबी वर्ल्ड सिरिज २०२१ जितेकी थिइन्।​

धाविका मीरा राईलाई पछि पार्दै सुनमायाले थाइल्यान्डमा १ सय १० किलोमिटरको अल्ट्रा दौड जितेकी थिइन्। सो दौड सुनमायाले १४ घण्टा ५४ मिनेट १ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी थिइन्।

परिवारमा ७ दिदिबहिनी र १ दाजुमध्येकी चौथी सन्तान हुन् सुनमाया। आफूलाई गरिबीका कारण विद्यालय जान पनि गाह्रो भएको उनले बताएकी थिइनर्थफेस कम्पनीले सुनमायालाई प्रायोजन गरिरहेको छ। नर्थफेसले नै उनको प्रशिक्षणको व्यवस्था पनि गरिदिएको थियो।

nepalgunj