आज दिनभर पानी पर्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका एक(दुई स्थानमा वर्षा भइरहेको जनाएको छ।


हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थानमा र पूर्वी भू(भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने उल्लेख छ। राति देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।