काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले स्पट फिक्सिङ प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।
सीआईबीले १२ जनाविरुद्ध मुद्धा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने छ र अदालतमा मुद्धा दर्ता हुने छ ।
नेपाल टी–२० लिग दौरान स्पट फिक्सिङ भएको भन्दै प्रहरीले पूर्व क्रिकेटर महबुब आलम र वर्तमान क्रिकेटर आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।
लिग आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका जतिन अलुवालिया र अभिषेक सकलानीसहित नितेश गुप्ता, राहुल शर्मा, समिर शेख, रवि माझी, एन्ड्र्यु म्याकर्थी, विकाश धामी, नविन कँडेल र विरेन्द्र शाहविरुद्ध मुद्धा चलाउन सीआईबीले प्रस्ताव गरेको छ । उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकाश ऐन २०७७ बमोजिम ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानासम्म सजाय माग गर्न राय दिइएको छ ।
खबर बजार । ३ फाल्गुन २०७९, बुधबार १६:१९