सरस्वती प्रावीका अविभावकहरु आन्दोलित

दैलेख । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वती प्रावी मर्खेका अविभावकहरु आन्दोलित भएका छन ।
विद्यालयको व्यवस्थापनको पाटो गतिलो नभएको भन्दै अविभावकहरु आन्दोलित बनेका हुन ।
उनिहरुले जिल्ला प्रशासन कार्यालय दैलेखमा ज्ञापन पत्र समेत बुझाएका छन । विशेष गरी अविभावकहरुले विद्यालयका प्रधानाध्यापक मान बहादुर विसीमाथी विभिन्न आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।
उनिहरुले प्रधानाध्यापक नियमित विद्यालय नजाने गरेको, मनपरि ढङ्गले विद्यालय व्यवस्थापन समिति गठन पक्रिया शुरु गरेको, अविभावक भेला बनाइएपनि भेलाले निर्णय गर्नुभन्दा पहिले नै मनोमानी निर्णय गर्ने गरिएको लगायतका आरोप लगाएका छन ।
अघिल्लो बर्षको विद्यार्थीहरुको हाजिरी देखाएर यो बर्ष पेश गरि आर्थिक लाभ लिएको भन्दै अहिलेसम्म विद्यालयको आय व्यय रकम सार्बजनिक नगरेको उनिहरुको आरोप छ ।
व्यवस्थापन समिति गठन शिक्षा ऐन विपरित भएको भन्दै नयाँ व्यवस्थापन समिति गठन हुनुपर्ने अविभावक दीपक विसीले बताउनुभयो ।
उहाले विद्यालयको शैक्षिक गुणस्तर खस्किने खालका क्रियाकलाप बढेको भन्दै आफुहरु आन्दोलित भएको बताउनुभयो ।
यता, विद्यालयका प्रधानाध्यापक मान बहादुर विसीले भने आफुमाथी लगाइएका सबै आरोप निराधार रहेको भन्दै काँही कतै अनियमितता भएको भए प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
उहाले व्यवस्थापन समिति गठन प्रक्रिया तथा विद्यालयका सबै क्रियाकलाप नीति नीयम ढङ्गले आफुले गर्दा पनि प्रतिसोध साँधिएको प्रतिक्रिया दिनुभएको छ ।
उहाले विद्यालयमा यस्ता क्रियाकलाप हुँदा बालबालिको पढाई प्रभावित हुनेतर्फ ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।