काठमाण्डाै । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् ।
उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् ।
जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
खबर बजार । १५ फाल्गुन २०७९, सोमबार १२:५४