

सुर्खेत । कर्णाली प्रदेश सरकारले पुस महिनामा ३ प्रतिशत मात्रै बजेट कार्यान्वयन गरेको छ ।
मंसिर मसान्तसम्म अर्थात ६ महिनामा जम्मा ९.८० प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले पुसमा थप ३.२४ प्रतिशत बजेट कार्यान्वयन गरेको हो ।
अझ विकास बजेट कार्यान्वयनमा सरकार विगतका वर्षहरू भन्दा पनि कमजोर छ । पुस महिनामा जम्मा २.३३ प्रतिशत अर्थात १ अर्ब ७६ करोड ६२ लाख १२ हजार ६८८ रुपैयाँ मात्रै बजेट कार्यान्वयनमा आएको छ ।
जबकि सरकारसँग वार्षिक विकास बजेटतर्फ १९ अर्ब ४५ करोड ९ लाख २४ हजार रहेको छ ।
मंसिर मसान्तसम्म ६.७५ प्रतिशत विकास बजेट कार्यान्वयन गरेको सरकारले पुस मसान्तसम्म ९.०८ प्रतिशतमा पु¥यायो ।
यही अवधिसम्म चालुतर्फको बजेट भने १८.९० प्रतिशत अर्थात २ अर्ब ४८ करोड, ७९ लाख ४२ हजार ४४६ रुपैयाँ खर्च भएको छ । चालुतर्फ १३ अर्ब १७ करोड ७ लाख ३८ हजार वार्षिक बजेट रहेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० का लागि प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार वार्षिक बजेट सार्वजनिक गरेको थियो ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार पुस मसान्तसम्म ४ अर्ब २५ करोड ४१ लाख ५५ हजार १३३ (१३.०४) रुपैयाँ खर्च भएको छ ।

खबर बजार । ८ माघ २०७९, आईतवार १९:१०