मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सगरमाथामा बाटो बनाउन खटिएका तीन जना आरोही बेपत्ता

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । सगरमाथामा बाटो बनाउने काममा खटिएका तीन शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

Dailekhi urja

उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम जारी थियो । सोही काममा खटिएका आरोहीहरु बेपत्ता भएका हुन् ।

nepalgunj