सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ । हिजो दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने चार सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।