

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुल नजिकै एक पुरुषको बेबारिसे अवस्थामा शव फेला परेको छ ।
रत्न राजमार्गको फोरलेन सडक खण्डमा पर्ने ढोडेखाली खोलाको पुलमुनी शव फेला परेको हो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने उक्त पुलमुनी शव भेटिएपछि स्थानीयले १ नम्बरका वडाध्यक्ष दिनेश खत्रीलाई खवर गरेका थिए ।
आज विहान पनि वीरेन्द्रनगर–११ भाइरल रोड नजिकै खोलामा एक प्रहरी हवल्दार मृत फेला परेका थिए ।

खबर बजार । २ भाद्र २०८०, शनिबार १६:४६