सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित, सन्दीप पाकिस्तान जाने तयारी

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।

सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित हुँदै आएको छ । उनले एक नाबालिकलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । आजको पेसीकै कारण सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिएनन् ।

आज स्थगित भएको पेसी अब भदौ २१ गतेका लागि तोकिएकाले सन्दीप आजै राति वा भोलिसम्म पाकिस्तान जाने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ ।

एसिया कप क्रिकेटमा नेपालले आउँदो बुधवार अर्थात् भदौ १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्दैछ ।