मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

लागूऔषध ट्रमाडोलसहित एक जना पक्राउ

१ मिनेट पढाइ

बाँके । नेपालगञ्जबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा दाङ तुल्सीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय विकास विकलाई प्रहरीले नेपालगञ्ज उपहमानगरपालिका–५ जमुनाह चेकपोष्टबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विकको साथबाट कम्मरको पेटीमा लुकाएर ल्याएको ८ सय क्याम्सुल लागूऔषध फेला पारेको छ । प्रहरीका अनुसार उक्त (ट्रमाडोल) लागूऔषध नेपालभित्र बन्देज समेत गरिएको छ ।